October 15, 2021

सूर्यप्रसाद सिलवालले पद तथा गोपनीयताको शपथ

Image result for surya prasad silwal

बिमा समितिका नवनियुक्त अध्यक्ष सूूर्यप्रसाद सिलवालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । यही माघ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई समितिको अध्यक्ष नियुक्त गरेको थियो । गएको पुस २३ गते तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईंले चार वर्ष कार्यकाल पूरा गरेर बाहिरिएसँगै रिक्त रहेको समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गरिएको हो ।

शपथ कार्यक्रममा अर्थमन्त्री बिष्णु पौडेलले बीमा क्षेत्रमा सुशासनको समस्या रहेकाले यस क्षेत्रलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन रआफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिनुभयो । त्यस्तै बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले बीमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफ्नो भूमिका हुने बताउनुभयो । बीमालाई विश्वस्नीयता बनाउन पनि आफु खरो उत्रने उहाले बताउनुभयो । त्यस्तै सिलवालले समितिको नीतिगत र संरचनालाई समिक्षा गरिने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.