January 20, 2022

सोमबार थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा सोमबार थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ६ पिसिआर परिक्षणका क्रममा ३ सय ७१ र २ हजार ४ सय २० एन्टीजेन परिक्षणका क्रममा १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार ७ सय ६५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएका छ । हालसम्म नेपालमा ११ हजार ४ सय ५३ जनाको कोरानाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ४ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९५ हजार ८ सय २२ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ६ सय ५४ सक्रिय संक्रमित आइशोलेशन र १ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.