May 20, 2024

स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हननका घटना भएको छ: अध्यक्ष केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हननका घटना भएको बताउनुभएको छ । मानवअधिकार एलायन्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा बिपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने लगाएतका मानवअधिकार बिरोधी काम राज्य पक्षबाट भएको बताउनुभएको हो । बिपक्षीलाई थुनाएर बुथ कब्जा गर्ने काम पनि भएको उहाको भनाई छ । ओलीले रेडक्रशमा अदालतको आदेश बिपरित प्रहरी पठाएर तमाशा गर्न खोजेको र डेमोक्रेशी र कानूनी राजको उपहास भएको तर्क गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो अहिलेसम्मको लडाई मानवअधिकारका लागि नै भएको र कहिलेपनि मानवअधिकारको उलंघन नगर्ने स्पष्ट पार्नुभयो ।

उहाले मानवअधिकार जागिर नभएको र यो नितान्त आदर्श र निष्टासंग जोडिएको बिषय भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *