November 21, 2022

स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसंगै केन्द्रीय सुरक्षा समितिले पनि आवश्यक तयारीलाई तीव्रता

सरकारले जेष्ट चार गने स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसंगै केन्द्रीय सुरक्षा समितिले पनि आवश्यक तयारीलाई तीव्रता दिएको छ । गृहमन्त्रीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको हो । आगामी निर्वाचन हुनसक्ने सुरक्षा चूनौतीका बिषयमा बैठकमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो । निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने बिषयमा पनि छलफल भएको उहाले बताउनुभयो ।

त्यस्तै देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि समिक्षा गरिएको पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.