December 1, 2023

स्थानीय तह निर्वाचनमा पार्टीले ५० भन्दा बढि स्थान गुमाउनुपरेको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तह निर्वाचनमा पार्टीले ५० भन्दा बढि स्थान गुमाउनुपरेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारणसभा कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीका नेताहरुमा बैचारिक बिचालन आएको र पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तहका धेरै सिट गुमाउनुपरेको बताउनुभएको हो । उहाले संघ र प्रदेशको निर्वाचन आइरहेका बेला पार्टीलाई एकतावद्ध ढंगले अघि बढाए देशको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त हुने धारणा राख्नुभयो । अहिले पनि जनतामा माओवादीप्रति आशा र भरोसा नटुटेको तर केहि नेताहरुमा पार्टी नेतृत्वप्रतिको विश्सास धर्मराएको जिकिर गर्नुभयो । अहिलेको ठूलो चूनौति भनेकै पार्टी भित्रकै नेताहरुलाई मिलाउने रहेको उहाको भनाई छ ।

प्रचण्डले संविधान रक्षाका लागि बनेको गठबन्धनलाई अघि बढाए मुलुकको परिवर्तनलाई थप बिकसित गर्न आवश्यक रहको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *