November 26, 2022

स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकले पार्टीको बिद्यार्थी संगठनमा देखिएको समस्या समाधानका लािग रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति गठन गरेको प्रवक्ता महराले बताउनुभयो । त्यस्तै, बैठकले प्रदेश कमिटी र केन्द्रको बिचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि गठन गरेको छ । उक्त समिति आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी गठन गरिएको र समितिमा सबै केन्द्रिय सदस्यहरु र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता महराले बताउनुभयो ।

बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.