May 24, 2022

स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले बिहीबार घोषणापत्रलाई अन्तिम रुप दिने

नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले बिहीबार घोषणापत्रलाई अन्तिम रुप दिने भएको छ । पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः बिहीबार अन्तिम रुप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । कार्यदलमा मस्यौदाका बिषयमा बिस्तृत रुपमा छलफल भएको उहाले बताउनुभयो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ ।

Leave a Reply

Your email address will not be published.