December 1, 2023

स्थानीय निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालबीच चूनावी तालमेल हुने

Ashta Laxmi Shakya elected UML parliamentary party leader of Bagmati, to  become CM - Setopati

आगामी स्थानीय निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालबीच चूनावी तालमेल हुने भएको छ । बुधबार थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो । आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै बुधबार नै एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । यसैबीच एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी निर्वाचनमा एमालेले एक्लै जित्न सक्ने आधार रहेको भन्दै औचित्य र आवश्यकता आधारमा मात्र तालमेल हुनुपर्ने बताउनुभयो । उहाले पुराना कुरालाई सम्झने हो भने कमल थापा नेतृत्वको राप्रपा नेपालसंगको तालमेलले धेरै प्रश्न उठाउने भएपनि परिवर्तित अवस्थामा आफुलाई रुपान्तरण र समृद्ध नेपालको पक्षमा उभिए कुनै समस्या नरहेको बताउनुभयो । उहाले गणतन्त्रबिरोधीसंग तालमेल हुन नसक्ने र राप्रपा नेपालले गणतन्त्र स्वीकार गरिसकेको देखिएको तर्क गर्नुभयो । त्यस्तै शाक्यले पाँच दलको गठबन्धनले एमाले सिद्धाउने खेलमा लागेको भन्दै उनीहरुसंग चूनावी तालमेल हुनै नसक्ने स्पष्ट पार्नुभयो ।

यसअघि एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहमा केहि दलसंग तालमेल हुन सक्ने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *