June 24, 2024

स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेड्नुभएको छ

भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेड्नुभएको छ । कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमा बुद्धकृष्णको जिब्रो छेडिएको हो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक उहाले यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेड्नुभयो भने उहाँको आमाको निधनपछि बोडेको जुजुभाई बाँसश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेड्नुभयो । पछिल्ला बर्षमा पुनः जिब्रो छेड्नुभएका बुद्धकृष्णले यस वर्ष नवौँ पटक जिब्रो छेड्नुभएको हो । दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ । किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे ।

यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो ।

One thought on “स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेड्नुभएको छ

  1. I was extremely pleased to discover this page. I want to to thank you for ones time due to this wonderful read!! I definitely appreciated every part of it and I have you bookmarked to look at new information on your web site.

Leave a Reply

Your email address will not be published. Required fields are marked *