July 29, 2021

स्थायी कमिटीमा छलफल गर्ने निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको छ ।बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा पेश गर्ने र छलफल गरि निष्कर्ष निकाल्ने निर्णय गरेको हो ।बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी आइतबार पार्टी कार्यालय धुम्वाराहीमा १ बजे बस्ने र त्यही बैठकमा अध्यक्षद्वयको प्रस्तावका साथै सचिवालयमा पेश भएका अन्य प्रस्तावमाथि पनि छलफल हुने जानकारी दिनुभयो ।

सचिवालय बैठकमा पार्टीमा देखिएको विवादबारे सकारात्मक रुपमा छलफल भएपनि कुनै निष्कर्ष भने निस्कन नसकेको उहाको भनाई छ । शनिवारको सचिवालय बैठक अघि बालुवाटारमा ओली र प्रचण्डले छलफल गर्नुभएको थियो । प्रवक्ता श्रेष्ठले अध्यक्षबीचको छलफलले समस्याको समाधान गर्न नसकेको जानकारी दिनुभयो ।नेकपा भित्रको बहसमा अध्यक्ष प्रचण्डसहितका पक्ष प्रधानमन्त्री ओलीले दुई मध्य एक पदबाट राजिनामा दिनुपर्ने अडानमा छ भने ओली पक्षले अस्वीकार गर्दै आएको छ । दुई अध्यक्षबीचको चर्को लिखित आरोप प्रत्यारोपका कारण नेकपा बिवाद थप चूलिएको छ ।

Leave a Reply

Your email address will not be published.