July 26, 2021

स्पष्टिकरण कारवाहीको भागिदार योग्य भएको

Communist Party Of Nepal - Nepal Communist Party Amale (#1421808) - HD  Wallpaper & Backgrounds Download

प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले बुझाएको स्पष्टिकरण कारवाहीको भागिदार योग्य भएको बताउनुभएको छ ।शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलको जवाफ कारवाहीको भागिदार योग्य भएको बताएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । कुन प्रकृतिको हुन्छ भन्ने केन्द्रीय कमिटीको बैठकबाट तय हुने उहाले बताउनुभयो । फागुन २३ को अदालतको फैसलापछि केही सांसदहरु अनुपस्थित हुदै आएकोमा शुक्रबारको बैठकमा सहभागी हुनु सकारात्मक भएको भट्टराईले बताउनुभयो । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणको बारेमा सांसदहरुको सुझाव माग गर्नुभएको उहाले बताउनुभयो । बैठकमा नेपाल समूहका नेता घनश्याम भुसाल र योगेश भट्टराईले ओलीले नै एकताको प्रयास गर्नुपर्ने धारणा राख्दै २८ गतेका निर्णय फिर्ता लिनुपर्ने माग गरे पनि ओलीले भने निर्णय फिर्ता हुनै नसक्ने बताउनुभएको भट्टराईले जानकारी दिनुभयो । संसदीय दलको विधान भने संशोधन गर्न सकिने ओलीको धारणा रहेको भट्टराईले बताउनुभयो ।

बैठकपछि योगेश भट्टराईले फागुन २३ को अदालतको फैसलापछि पार्टीलाई पूर्ववत अवस्थामा फर्काइएको अवस्थामा २०७५ जेष्ठ दुई गतेको अवस्थामा फर्केकाले त्यहीबाट नै पार्टी अघि बढ्नुपर्नेमा जोड दिएको बताउनुभयो ।त्यस्तै संयम र धैर्यका साथ एमालेलाई अघि बढाउनुपर्नेमा आफुहरुको धारणा रहेको उहाले बताउनुभयो । बैठकमा एमाले बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको सांगठनक संरचनामा फर्किन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो । शुक्रबारका बैठकमा एमालेका असन्तुष्ट पक्षहरु पनि सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published.