January 19, 2022

स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने

Uncategorized Archives - The Ray Times

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा विद्युतीय सवारी ¥यालीको उद्घाटन गर्दै मन्त्री भुसालले बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको बताउनुभयो । मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु दुई अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा रु ४० अर्ब खर्च भइरहेको उल्लेख गर्नुभयो । उहाँले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युत्को खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारणा राख्नुभयो । मन्त्री भुसालले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्ने धारणा राख्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै चार÷पाँच सय मेगावाट विद्युत् खेर गइरहेको भन्दै विद्युतको खपत बढाउन विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।ललितपुरको जावलाखेलबाट शुरु भएको ¥याली काठमाडौँका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो । ¥यालीमा विद्युतीय साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो र कार गरी झण्डै ३ सय सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.