November 25, 2022

स्वर्ण पदकका लागि विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने

Cricket West Indies (CWI) - West Indies vs England Test: Brathwaite propels  Windies - Telegraph India

नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट तर्फको स्वर्ण पदकका लागि विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन् ।पोखरामा सोमबार भएको सेमिफाइनलमा पुलिसले बागमती प्रदेशलाई ३६ रनले तथा एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ६९ रनले पराजित गर्दै फाइनल पुगेका हुन । प्रतियोगितामा पुलिसले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनायो । बागमतीका लागि सुमन खतिवडाले २३ र कप्तान अस्मिना कर्माचार्यले १८ रन बनाईन् । आरती बिडारीले अविजित ११ रन बनाईन् । बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । पुलिसले १८ रन अतिरिक्तमा दिएको थियो । पुलिसका लागि कविता कुँवरले ३ तथा ईश्वरी बिष्टले २ विकेट लिईन् । कप्तान रुविना क्षेत्री र संगिता राईले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । त्यस्तै प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब पनि लुम्बिनी प्रदेशलाई ६९ रनले पराजित गर्दै फाईनल पुगेको हो । एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको लुम्बिनी १८ ओभर २ बलमा अलआउट हुदै मात्र ६० रन बनायो । लम्बिनीका लागि सुस्मिता बजगाईँले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।

एपीएफका लागि ज्योती पाण्डेले अविजित ६९ रनको अर्धशतकीय ईनिङ खेलिन् । ममता चौधरीले १६ रन जोड्दा रोमा थापाले अविजित १२ रन बनाईन् । कप्तान सिता राना मगरले ११ तथा ईन्दु बर्माले ६ रन बनाईन् । लुम्बिनीका लागि कृतिका मरासिनीले २ तथा मनिसा रानाले १ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published.