March 29, 2024

हजारौँ नेपालीले स्वदेशमै राज्यविहीन भई बाँच्न बाध्य

नागरिकता ऐन संशोधन विधेयक पारित नहुँदा हजारौँ नेपालीले स्वदेशमै राज्यविहीन भई बाँच्न बाध्य हुनुपरेको सरोकारवालाहरुले बताएका छन् । महिला, कानुन र विकास मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको राज्य विहीनतासम्बन्धी संयुक्त महासन्धिको अनुमोदनको आवश्यकता विषयक छलफल कार्यक्रमका उनीहरुले उक्त कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको सङ्ख्या बढ्दै गएको बताएका हुन् । नागरिकता ऐन संशोधन विधेयकप्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संविधानमा सबै नेपाली नागरिकलाई नागरिकता दिने सुनिश्चित गरिए पनि ऐन संशोधन नहुँदा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

गर्भमा नौ महिना राखेर बच्चा जन्माउने आमाले नै आफ्ना नाममा सन्तानलाई नागरिकता दिन नसक्ने व्यवस्था कानुन संशोधन नभएकैले संस्थागत बनिरहेको उहाको भनाई छ । कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आफ्नो कार्यालयमा नागरिकता पाउन नसकेको सम्बन्धमा दैनिक पाँचवटा मुद्दा आउने गरेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाले बाबु नभएकै कारण लाखौँ बालबालिकाको जन्मदर्ता हुन नसकेको धारणा राख्नुभयो ।

One thought on “हजारौँ नेपालीले स्वदेशमै राज्यविहीन भई बाँच्न बाध्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *