November 30, 2023

हिन्दुराष्ट्र नेपाल पुनःस्थापनाका लागि भन्दै काठमाडौंमा प्रदर्शन

राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनःस्थापनाका लागि भन्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।’राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा जनताको पार्टी नेपालको नेतृत्वमा प्रर्दशन भएको हो । देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको भन्दै प्रदर्शनकारीहरु नेपालको झण्डासहित प्रदर्शनमा उत्रेका थिए । नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरूले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको भन्दै राजसंस्थाको बिकल्प नभएको उनीहरुको भनाई छ ।

नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरूले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको भन्दै राजसंस्थाको बिकल्प नभएको उनीहरुको भनाई छ ।प्रदर्शनमा सहभागीहरुले ’हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ’राजा आऊ देश बचाऊ’ लगायतका नारा लगाएका थिए । काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शनसहितको र्याली बानेश्वर पुगेर समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *