May 21, 2024

हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब बराबरी

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा हिमालयन र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो । खेलको ७३ औं मिनेटमा हिमालयनका दिवस उराउले आत्मघाती गोल गरेपछि फ्रेन्ड्सले १–० गोलको अग्रता बनाएका थियो । रोनिल एन्थोनी पाउलको फ्रि–किक हेडर मार्फत क्लियर गर्न खोज्दा दिवसले आफ्नै पोस्टमा गोल गरेका थिए । तर, खेलको ८९ औं मिनेटमा विशन गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै हिमालयन र फ्रेन्ड्सले लिगको अन्त्य गरेको छ ।

हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । फ्रेन्ड्सले १३ खेलमा ११ अंक जोडेको छ ।

3 thoughts on “हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब बराबरी

  1. Wow, amazing weblog format! How long have you been blogging for?

    you make running a blog look easy. The entire glance of your site is excellent, as smartly
    as the content! You can see similar here e-commerce

  2. Wow, awesome weblog layout! How long have you ever
    been running a blog for? you made running a blog look easy.
    The entire glance of your web site is magnificent, as smartly as the content material!
    You can see similar here ecommerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *