July 24, 2021

होली आइतबारदेखि औपचारिक रुपमा सुरु

Holi Celebrations in Different States of India

फागु पर्व अर्थात रंगहरुको उत्सव होली आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ ।काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको हो । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।होली धार्मिक तथा सांस्कृतिकसँगै सामाजिक महत्व बोकेको पर्व हो । धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भएकी थिइन् ।

आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ। यही विश्वासअनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ। आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । त्यस्तै होली पर्व कृष्ण भगवानसंग पनि जोड जोडिएको सास्कृतिक अभियन्ताहरुको भनाई छ ।फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत्र १५ गते आइतबार र तराई मधेसका जिल्लाहरुमा चैत्र १६ गते सोमबार होली पर्व परेको छ ।

Leave a Reply

Your email address will not be published.