January 19, 2022

१० औं महाधिवेशनमा विभिन्न राजनीतिक दलहरुले शुभकामना ब्यक्त

नेकपा एमालेको १० औं महाधिवेशनमा विभिन्न राजनीतिक दलहरुले शुभकामना वक्त गरेका छन् । चितवनमा उद्घाटन भएको नेकपा उमालेको १० औं राष्ट्रिय महाधिवेशनमा विजभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकाना व्यक्त गरेका हुन । महाधिवेशनमा शुभकामना दिदै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासंग आग्रह गर्नुभयो । उहाँले अहिले पनि आफूना साथीहरु कारागारमै रहनु दःखद भएको बताउनुभयो । अध्यक्ष ठाकुरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गर्दै ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको जानकारी दिनुभयो । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताउनुभयो । उहाँले लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताउँनु भयो । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता रहेको बताउँनुभयो । नेपाली कम्युनिस्ट आन्दोलनप्रति जनताको अपार विश्वास रहनुका साथै नयाँ र समृद्ध नेपाल निर्माण गर्न चुनौती रहेको बताउनुभयो । एकता, सङ्घर्ष र सहकार्य संस्कृतिको साझा प्रयासमा सबै रहने हो भने मुलुकको विकासले कोल्टे फेर्ने उनले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशभित्रका पार्टीको अन्तरविरोध बाह्य शक्तिलाई सुनाएर औकात देखाउन नहुने बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा बढी तीतोपिरो भएको बताउँदै विश्वबाट नै कम्युनिष्ट आन्दोलन समाप्त हुँदै गएका बेलामा नेपालमा कम्युनिष्ट आन्दोलनभित्र सबैभन्दा बढी तीतोपिरो भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष केसीले राम्रा कामको उपलब्धिको जिम्मेवारी लिने राजनीतिक दलहरूले देशमा देखिएको विभिन्न विकृति र देशका अंगहरुमा देखिएको समस्याको जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published.