January 20, 2022

१४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिनबाट कसैले रोक्ने नसक्ने

Prakash Man Singh: People can't trust Nepali Congress just because of its  history - OnlineKhabar English News

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिनबाट कसैले रोक्ने नसक्ने बताउनुभएको छ । सोमबार नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समितिका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता सिंहले आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिने बताउनुभएको हो । उहाँले १३औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको र कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुईपटक संसद भंग गरेकोे आरोप लगाउनुभयो । उहाँले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पु¥याउनुपर्ने बताउनुभयो । त्यस्तै नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले बूढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाउनुभयो । त्यस्तै उहाँले विधि र नियम उल्‍लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको बताउनुभयो ।कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापाले अहिले अदालतमा ठूलो समस्या देखिरहेको भन्दै अदालत स्वतन्त्र रहनुपर्ने र न्यायालय शुद्ध हुनुपर्ने बताउनुभयो ।

त्यस्तै उहाँले नेपाली कांग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मतदाताले मत नहाल्ने र दण्ड दिने भएकाले मतदाता जोगाउनु पर्ने बताउनुभयो । स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि कांग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर मतदाताले रूख चिन्हमा मत हाल्ने उहाले बताउनुभयो । त्यस्तै उहाँले कांग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा कांग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा ३५ लाख नयाँ मतदाताले पहिलो पटक रुखमा मतदान गर्ने भन्दै मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसले लिएर जानुपर्ने उल्लेख गर्नुभयो

Leave a Reply

Your email address will not be published.