June 14, 2024

१४ औं मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २२ गतेदेखि काठमाडौंमा हुने

“सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मूल नाराका साथ १४ औं मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २२ गतेदेखि काठमाडौंमा हुने भएको छ । महाभेला मूल आयोजक समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २२ देखी २८ गते सम्म हुने महाभेलाको तयारी तीव्र पारिएको जनाएको हो । यस बर्ष महाभेला कार्यक्रमको संयोजन पौरखी नेपाल र सहसंयोजन नेपाल पुनस्र्थापकीय न्याय मञ्चले गर्ने भएको छ । मानव अधिकारको संरक्षण, सम्वद्र्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दै विधीको शासन स्थापित गर्न तथा राज्यलाई नागरिकप्रति जवाफदेही र उत्तरदायी बनाउन महाभेला केन्द्रीत हुने मूल आयोजक समितिका संयोजक मञ्जु गुरुङले जानकारी दिनुभयो । उहाले विधीको शासन, मानव अधिकार, लोकतन्त्र र नागरिकको मानवअधिकारको प्रत्याभूती गराउन संघसंगठन र सरकारी तथा गैरसरकारी निकायको भूमिकालाई खबरदारी गर्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो । गुरुङले मानवअधिकार महाभेलाको मंसिर २२ गते उद्घाटन उपराष्ट्रपति र मंसिर २८ गते मानव अधिकार आयोगका अध्यक्षको अध्यक्षतामा समापन हुने जानकारी दिनुभयो ।

नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुसाशन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक संघ संस्था, मानव अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा, सन २००९ देखी प्रत्येक वर्ष मानव अधिकार राष्ट्रिय महाभेला हुँदै आएको छ

One thought on “१४ औं मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २२ गतेदेखि काठमाडौंमा हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *