December 3, 2022

१५औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ । बुधबार काठमाडौंमा लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले १५ औँ योजनामा दिगो र हरित पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको र अर्थतन्त्रको संरचनात्मक सुधारका लागि स्वदेशी, विदेशी र सरकारका तर्फबाट थप लगानी गर्न आवश्यक भएको बताउनुभयो । उहाले कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब अमेरिकी डलर आवश्यक रहेको भन्दै २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको पनि बताउनुभयो । वर्तमान सरकारले लगानीको वाताबरण तयार समेत गरिसकेकाले नेपालमा लगानी गरी फाइदा लिन उहाले आग्रह गर्नुभयो ।

त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सातै प्रदेशमा ७ नमुना परियोजनामा लगानी ल्याउने गरि लगानी बोर्डले काम गरिरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.