July 26, 2021

१ करोड ४७ लाख ८६ हजार सहित दुई जनालाई पक्राउ

Loot' movie producer Madhav Wagle nabbed with fake Nepali currency

प्रहरीले श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित दुई जनालाई पक्राउ गरेको छ ।काठमाडौंको नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारत गोरखपुर घर बताउने बर्ष ३० को अमित कुमार गुप्ता र कार चालक कपिलवस्तु बाँणगंगा ४ बसने बर्ष २२ का संगम थारुलाई पक्राउ गरेको हो ।बिशेष सूचनाका आधारमा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले टोलीले सोमबार बिहान करिव साढे चार बजे नागढुङ्गा चेकप्वाइन्टमा कपिलवस्तुबाट काठमाडौं आउदै गरेको प्रदेश ३–०१, ०२३ च २२५९ नंवरको हुन्डाइ कारलाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको रकम फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपि अशोक सिंहले जानकारी दिनुभयो ।

हुन्डाइ कारको डिक्कीमा स्पेयर टायरमुनी लुकाइराखेको अवस्था ३ वटा झोलामा सो रकम फेला परेको उहाले बताउनुभयो ।उक्त रकम भारतबाट भारतीय रुपैया ल्याइ नेपालको सीमा क्षेत्रमा पटक पटक गरि नेपाली रुपैया सटही गरिएको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । रकम सहित प्रक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि सम्पती सुद्धिकरण बिभागमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published.