December 1, 2022

२०७९ जेठ १ गतेबाट नविकरण भएका सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

यातायात व्यवस्था बिभागले २०७८ मंसीर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारी साधन र २०७९ जेठ १ गतेबाट नविकरण भएका सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जनाएको छ । इम्बोस्ड नम्बर प्लेटका बिषयमा जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले असार १ भित्रै जडान गरिसक्नुपर्ने इम्बोस्ड नम्बर प्लेट सबै सवारीसाधनलाई अनिवार्य नभएको जानकारी दिनुभएको हो । तत्कालै एकैपटक २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्न असम्भव रहेको भन्दै उहाले पूर्वाधार विस्तारको काम भइरहेको बताउनुभयो । पूर्वाधार तयार भएका बागमती र गण्डकी प्रदेशमा सवै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सूचना सहि नभएको उहाको भनाइ छ । उहाले इम्बोस्ड नम्बर प्लेट दुई सय मिटरको दुरीमा समेत देखिने दावी गर्नुभयो । बिभागले संसदले कानून कार्यान्वयनका लागि मात्रै इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई अघि बढाइएको भन्दै यसमा बिभागको कुनै नीति उदेश्य नरहेको उहाले बताउनुभयो ।

त्यस्तै बिभागले इम्बोस्ड नम्बर प्लेटका बारेमा अनावश्यक भ्रममा नपर्न समेत आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published.