November 30, 2023

२२ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा

Body cameras improve road safety in Nepal | UNOPS

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले ती मोटरसाइकल सम्बन्धित धनिलाई जिम्मा लगाउनुभएको हो । मोटरसाइकल हराएको उजुरीका आधारमा महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल फेला पारी सम्बन्धित धनिलाई फिर्ता गरेको हो। जथाभावी मोटरसाइकल पार्किङका कारण चोरी बढेको भन्दै सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पाकिङ गर्दा सचेतता अपनाउन एसएसपी भट्टराईले आग्रह गर्नुभयो । उहाँले चोरी भएका मोटरसाइकलहरु काठमाडौ उपत्यकाबाहिर लैजाने गरेकाले काठमाडौ बाहिर पनि ट्राफिक प्रहरी परिचालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

महाशाखाको टोलीले बनेपा, कपन, धुम्वाराही, कलंकी, बनस्थली, गंगबु, बौद्ध, थापाथली, ट्रमा सेन्टर, सिनामंगल, जोरपाटी, ठमेल, मुलपानी, कलंकी, ट्याङ्लाफाट, कालोपुल, कमलविनायक, घट्टेकुलो, चावहिल, पुरानोबानेश्वर र बबरमहल लगायतका स्थानबाट मोटरसाइकल फेला पारिएको जनाएको छ। महाशाखाका अनुसार पुस महिनाभित्र मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याइएको छ भने चोरीमा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाईसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *