July 24, 2021

२७ वटा मोटरसाइकल खोजतलास गरि धनीलाई बुझाएको

Traffic police get high-tech masks | Nepali Times

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरि सम्बन्धीत धनीलाई बुझाएको छ ।उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले बिहीबार एक कार्यक्रमका वीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो ।महाशाखाले सुराकी तथा बिशेष सुचना संकलन मार्फत टोली परिचालन गरि ती मोटरसाईकल वरामद गरेको जनाएको छ ।महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्‍वर, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका बिभिन्न स्थानहरुबाट यी मोटरसाईकलहरु बरामद गरेको एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

चोरीमा संलग्न मानिस र मोटरसाईकल नियन्त्रणको संख्यामा उल्लेख्य बृद्धि भएसँगै चोरी नियन्त्रणमा कमी ल्याउन महाशाखा सफल भएको उहाले बताउनुभयो ।बिहीबारमात्रै करिव ८० लाख बढि मुल्य बराबरको बिभिन्न कम्पनीका मोटरसाईकलहरु सम्बन्धित धनिलाई बुझाएको छ भने यस बर्षमा करिब १६ करोड बढि मुल्य पर्ने मोटरसाईकलहरु नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.