November 28, 2022

५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने: निर्वाचन आयुक्त दिनेश थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरिएको बताउनुभएको छ । आम निर्वाचन पर्यवेक्षक समिति नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय तथा जिल्लास्तरीय निर्वाचन पर्यवेक्षकहरुका अभिमुखीकरण कार्यक्रममा थपलियाले कानूनमा स्पष्ट रुपमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था भएपनि ऐनको दफालाई नजरअन्दाज गरेर दिएको उम्मेद्वारी भएकाले दुवै उम्मेदवारी बदर गरिएको बताउनुभएको हो । उहाले कम्तीमा एक तिहाई महिलाको उम्मेदवारी दिन भनिएकोमा यसपटक २०७४ सालको भन्दापनि घटाएर महिला उम्मेदवार उठाइएको बताउनुभयो । कतिपय प्रावधानप्रति आयोगको आयोचना भइरहेको भएपनि आगामी दिनमा अझै कठोर रुपमा अघि बढ्नुपर्ने उहाले बताउनुभयो । थपलियाले आचारसंहित पूणरुपमा कार्यान्वयन गराउनका लागि आयोग प्रतिवद्ध रहेको धारणा राख्नुभयो । निर्वाचनमा हुने पर्यवेक्षण निकै महत्वपूर्ण हुने भन्दै उहाले आगामी दिनमा कानून बनाउनका लागि पनि पर्यवेक्षण प्रतिवेदन उपयोगी हुने जिकिर गर्नुभयो । त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन पर्यवेक्षकले स्वनिगरानीदेखि मतदाता, उम्मेदवारका साथै आयोगको कामको पनि निगरानी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश शुसीला कार्कीले निर्वाचनलाई स्वच्छ बनाउन मतदातादेखि राजनीतिक दलहरु पनि गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.