



नेकपा जनवादी केन्द्रिय सघर्ष समितिले ५२ बुँदे माग तत्काल पूरा गर्न माग गर्दै माइतीघर मण्डलामा बिहिबार पनि धर्ना दिएको छ ।जनमत विपरित पार्टी फुट र अस्थिरताको अन्त्य गरी ५२ बुँदे माग तत्काल पूरा गर्न माग गर्दै नेकपा जनवादी केन्द्रिय सघर्ष समितिले विगत १४ दिनदेखि माइतीघरमा धर्ना दिएको हो । नेकपा जनवादीका प्रवक्ता विज्ञान शर्माले ५२ बुँदे माग राख्दै सरकारलाई मंसिर २६ गते एक हप्ताको अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाएपनि माग पूरा नभएपछि विगत १४ दिनदेखि धर्ना कार्यक्रम गरेको जानकारी दिनुभयो ।
हरेक पटक राजनीतिक दलले व्यवस्था परिवर्तनका लागि समय खर्च गरेपनि गरिब, दुखी जनताको जीवनस्तरमा परिवर्तन गर्न आन्दोलन केन्द्रित नगरेकाले जनताको जीनवस्तर सुधार गर्न माग गर्दै धर्ना दिइएको उहाँको भनाई छ ।उहाँले आफूहरुले सरकारले पूरा गर्न नसक्ने किसिमका मागहरु नराखेको भन्दै माग सुनुवाई नभए दोस्रो चरणमा कडा खालको आन्दोलन घोषणा गर्ने चेतावनी दिनुभयो ।
