November 29, 2022

६ बुँदे शर्तहरु मानेको भए अहिले पनि राजसंस्था कायम हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्रसामु राखेको ६ बुँदे शर्तहरु मानेको भए अहिले पनि राजसंस्था कायम हुने बताउनुभएको छ । राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्टीमा लिङदेनले राजा विरेन्द्रले भारतको शर्त मानेको भए अहिले नाममात्रैको भएपनि राजसंस्था रहिरहने र वीरेन्द्र पनि मारिनुपर्ने परिस्थिति पनि नआउने बताउनुभएको हो । उहाले राजा वीरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको स्मरण गर्नुभयो । लिङदेनले सक्रिय राजसंस्थाका बेला भएका गतिविधीहरु आफ्नो जीवनमा प्रेरणा दायी रहेको धारणा राख्नुभयो । २०३२ सालमा सिक्किममा राजसंस्थाको अन्त्य भएपछि भारतसंग बिलय गराएको भन्दै उहाले नेपालमा पनि राजसंस्थाको महत्व कायमै रहेको जिकिर गर्नुभयोे । उहाले कुनै राजनीतिक दलको नेताभन्दा राजा नै देशभक्त हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले स्वर्गीय राजा बिरेन्द्रको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.