December 6, 2022

 राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजेको गुनासो

This image has an empty alt attribute; its file name is image-45.jpeg



काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजेको गुनासो गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाक्यले बसन्तपुर डबलीको पुनर्निर्माण लगाएत अन्य योजना कार्यान्वयनमा केही जनप्रतिनिधिहरुले राजनीतिक पूर्वाग्रहका आधारमा नै नियोजित रुपमा अवरोध गर्ने गरेको गुनासो गर्नुभएको हो । उहाले आफ्नो कार्यकाल सफल भएको र महानगरका जनता खुसी रहेको पनि दावी गर्नुभयो । शाक्यले बाहिर विवाद भनेर प्रस्तुत गरिए पनि भित्री रुपमा उपमेयर हरिप्रभा खड्गीसंग कुनै विवाद नरहेको धारणा राख्नुभयो । शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफु फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको उल्लेख गनुृभयो । त्यस्तै उहाले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा पनि आपत्ती जनाउनुभयो ।



जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको उहाले बताउनुभयो । पत्रकार सम्मेलनमा शाक्यले महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.