March 29, 2024

आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट पार्नुभएको छ । समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द गरेको भन्दै आगामी निर्वाचनमा सहकार्य सम्भव नभएको स्पष्ट पार्नुभएको हो । आफुहरुले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि भएको जिरिक गर्दै उहाले गलत प्रवृत्तिले गर्दा भएको हानीनोक्सानीको सवैले समिक्षा गर्नुपर्ने बताउनुभयो । उहाले अहिलको पाँच दलीय गठबन्धनले मुलुकलाई जोगाउने काम गरेकाले संघ र प्रदेशको निर्वाचनमा पनि सहकार्य जारी रहने धारणा राख्नुभयो । निर्वाचनको मिति घोषणा भएलगत्तै सहि नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उहाँले बताउनुभयो ।

उहाले राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बध विस्तार गर्नुपर्ने समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *