April 18, 2024

इटहरीमा निजि स्तरवाट सुविधा सम्पन्न आइशोलेशन सेन्टर निर्माण

Isolation Center | MainOne

कोरोना सक्रमित बढ्न थालेपछि सुनसरीको इटहरीमा निजि स्तरवाट सुविधा सम्पन्न आइशोलेशन सेन्टर निर्माण गरिएको छ ।स्थानिय प्रशासनले लागु गरेको निषेधाज्ञाको वावजुदपनी टोल्लै पिच्छे र घरै पिच्छे कोरोना सक्रमित वढेपछि नेपाल प्रेस युनियन सुनसरी र युवा उद्यमी मञ्च सुनसरीको सहकार्यमा उद्योग वाणिज्य संघ इटहरीले अक्सिजनसहितको ४० बेडको आइसोलेसन सेन्टर तयार गरेको हो । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्स्टिच्युटको भवनमा अक्सिजनसहितको ४० र अन्य थप ४० बेडको आइसोलेसन तयार गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । जिल्लामा रहेर अग्रभागमा खटिने पत्रकारहरूमा पनि कोरोनाको जोखिम बढेकाले आइसोलेसन निर्माणका लागि सहकार्य गरेको अधिकारले बताउनु भयो ।

कोरोना संक्रमितको संख्या वृद्धि भएपछि विभिन्न सघंसस्थाहरुको सहयोगमा आफूहरूले खाना, बस्न सुविधा सम्पन्न आइसोलेसन तयार गरेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले वताउनु भएको छ ।यसअघि इटहरी उपमहानगरपालिकाले सञ्चालन गरेको ५० बेडको आइसोलेसन सक्रमितलाइ सेवा दिइरहेको छ ।

One thought on “इटहरीमा निजि स्तरवाट सुविधा सम्पन्न आइशोलेशन सेन्टर निर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *