April 16, 2024

ऐन भित्र बसेर काम गर्न सहकारी अभियान्ताहरुलाई आग्रह

Deputy Speaker Tumbahamphe stakes claim for speaker - Sanjib Bagale -  Setopati
.

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले ऐन भित्र बसेर काम गर्न सहकारी अभियान्ताहरुलाई आग्रह गर्नुभएको छ ।शुक्रबार ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाले ऐन कार्यान्वयन गर्न सरकार र अभियान्ता मिलेर नभई आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभएको हो । मन्त्री तुम्बाहाङ्फेले ऐन, नियम, कार्यविधि र नियमावली अनुसार चल्दा मात्रै सफलता हासिल गर्न सकिने बताउदै एक अर्कालाई सहयोग गर्नु पर्ने बताउनुभयो ।

उहाले ऐन संशोधन गर्न छलफ गर्न सकिने बताउदै आवश्यकता अनुसार मात्रै काम हुने बताउनुभयो । मन्त्री तुम्बाहाङ्फेले हेरेक नागरिकले ऐन, नियम र कानूनको दायरामा रहेर मात्रै कार्य सम्पादन गर्नु पर्ने र ऐन, कानून र नियमा बसेर मात्रै काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सहकारी दिवसको अवसरमा विभिन्न सहकारी संस्था र खेलाडि कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

One thought on “ऐन भित्र बसेर काम गर्न सहकारी अभियान्ताहरुलाई आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *