April 18, 2024

ओलीद्धारा जनतामा जाने निर्णय

Nepal's PM KP Sharma Oli 'claims' real Ayodhya is in Nepal

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरतालाई भत्काएर अस्थिरता निम्त्याउने प्रयास भएकाले आफुले जनतामा जाने निर्णय गरेको बताउनुभएको छ । आइतबार काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरताको लागि ताजा जनादेशमा जादा संबिधान विरोधी काम नहुने तर्क समेत गर्नुभयो ।प्रधानमन्त्री ओलीले संसदलाई पाँच बर्षको जागिर ठान्नेहरुले अहिलेको कदमको विरोध गरेको आरोप लगाउनुभयो । अब निर्वाचनबाट नै को सहि र को गलत भन्ने निर्णय हुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनमा ध्यानकेन्द्रित गर्न सबैलाई आग्रह गर्नुभयो ।ओलीले देशमा सुशासन कायम गर्नु र विकास गर्नु नै सरकारको काम रहेको जिकिर गर्नुभयो ।

देशमा ठूला–ठूला नेताले बाटो बिराउँदा पार्टीका केही अपांगता भएका नेताले जोगाएको उहाको भनाइ थियो। आफ्नो मिर्गौला फेल भएर प्रत्यारोपण गरेको प्रसंग सुनाउने उहाले त्यस अर्थमा आफू पनि अपांग भएको बताउनुभयो ।प्रधानमन्त्री ओलीले बालबालिका मुक्त सडक बनाइएको दाबी पनि गर्नुभयो । प्रधानमन्त्री अ‍ोलीले सरकारले सडक मानवमुक्त अभियान सफल पारेको र सडकमा अलपत्र परेका अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले खोजीखोजी खाना खुवाएको उल्लेख गर्नुभयो । अपाङ्गता भएको समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *