April 20, 2024

ओलीले संसद विघटन गरेको आरोप लगाउनुभए

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपाको पार्टीभित्रको आन्तरिक कलह मिलाउन नसकेकोले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको आरोप लगाउनुभएको छ ।सोमबार नयाँ बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभामा बोल्दै नेता सिंहले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री ओलीले जनताले पाँच वर्षका लागि दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको भन्दै जनताको मतको अपमान भएकाले प्रधानमन्त्रीको कदमविरूद्ध प्रतिरोध गर्न समेत आह्वान गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्ने प्रावधान रहेपनि विश्वासको मत लिने आँटसमेत नगरी संसद भंग गरेर असंवैधानिक कदम चालेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले जनताको म्यान्डेट लिन गइरहेको आश्वासन दिएपनि जनप्रतिनिधिबाटै विश्वासको मत समेत लिन सक्ने आँट नगरेको टिप्पणी गर्नुभयो । नेता सिंहले व्यवस्थापिका र न्यायपालिका आफ्नो अधिनमा राख्न सरकार उद्धत रहेको भन्दै प्रधानमन्त्री ओली शक्तिशाली देखिन खोजेर सरकारी निकायलाई समेत आफ्नो मातहतमा ल्याएको आरोप लगाउनुभयो ।

त्यस्तै नेता सिंहले जनताले कांंग्रेसलाई दिएको मत अनुसार कांग्रेस प्रतिपक्षमा बसेपनि संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभयो । उहाँले सरकारले भ्रष्टाचार रोक्न नसकेको र कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा लापरबाही गरेको आरोप लगाउनुभयो ।संसद विघटनको विरोधमा प्रमुख विपक्षी कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *