April 19, 2024

कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउने

वैदेशिक रोजगार बोर्डका नवनियुक्त कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउने बताउनुभएको छ । बुधबार काठमाडौंमा कार्यभार सम्हादै उप्रेतीले वैदेशीक रोजगारका गएकाहरुलाई सहज हुने गरि यस क्षेत्रलाई थप मर्यादित बनाइने बताउनुभएको हो । उहाले देशको बिकासका लागि युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्ने भएकाले सदैका लागि वैदेशिक रोजगारलाई प्रवद्र्धन गर्ने कुरा उचित नहुने बताउनुभयो । उप्रेतीले कर्मचारी, राजनीतिक दलहरु र सरोकारवालाहरुलाई उदाहरणीय काम गरेर देखाउने र सवै कर्मचारीहरुको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

यसअघि बसेको मन्त्रीपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *