March 29, 2024

कुमार षष्ठीका अवसरमा नेवारद्धारा सिथि नखः पर्व मनाइयो

पानीका स्रोत सफाइसहित पूजा गरी कुमार षष्ठी (सिठी नख) मनाइँदै

जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले बुधबार धुमधामका साथ सिथि नखः पर्व मनाउएका छन् ।प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गरी मनाइन्छ । ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ । सिथि नखःका दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । बर्सातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोत वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो ।

साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःका दिन पानीको मूलको सफाइ गर्ने गरिएको स्थानीयको भनाई छ ।यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण धान रापाइँ शुरु हुने भएकोले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *