April 19, 2024

केपी ओलीले अहिले आक्रोश र बदला पोखिरहेको टिप्पणी: अध्यक्ष माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले अहिले आक्रोश र बदला पोखिरहेको टिप्पणी गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले अहिले एकीकृत समाजवादीको सफलता देखेर ओली आत्तिएको र आक्रोशका साथै बदला पोखिरहेको टिप्पणी गर्नुभएको हो । अध्यक्ष नेपालले अहिले चूनाव जित्नका लागि एमालेले पैसाको खोलो भन्दै आम्दानीको स्रोत लुट र भ्रष्टाचार भएको आरोप लगाउनुभयो । पैसाले मात्रै चूनाव चित्ने एमालेको मूल्याङ्कन गलत भएको र स्थानीय तहको चूनावमा नै एमालेले ठूलो धक्का खाएको उहाको भनाई छ । उहाले एमालेले अहिले दक्षिणपन्थी र देशलाई बिखण्डन गर्ने संग साँठगाँठ भएको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले अहिले आफुहरुको गठबन्धन अग्रगमन र संविधानको रक्षाका साथै देशलाई बिकासको बाटोमा अघि बढाउने गठबन्धन भएको बताउनुभयो । उहाले प्रतिगामी र पश्चगामी शक्तिलाई जनतालाई पराजित गर्दै जाने तर्क गर्नुभयो ।

चूनाव जित्न गठबन्धनको मात्रै भरोषा गर्न नहुने र आफ्नै शक्ति बढाउनुपर्ने उहाको भनाई छ । कार्यक्रमका बिभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रवेश गराउनुभएको थियो ।

One thought on “केपी ओलीले अहिले आक्रोश र बदला पोखिरहेको टिप्पणी: अध्यक्ष माधव नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *