April 20, 2024

गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको छ: प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको बताउनुभएको छ । वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका बिषयमा बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उहाले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुईपटक भंग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको बताउनुभएको हो । आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने उहाको भनाई छ । नेता सिंहले वागमती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै अघि बढ्नु पर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।

तत्कालीन नेकपाको सरकारले आवश्यक कानून समयमा नै नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेकाले समस्या सिर्जना भइरहेको उहाले बताउनुभयो ।

2 thoughts on “गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको छ: प्रकाशमान सिंह

  1. Pretty nice post. I just stumbled upon your blog and wished to mention that I have really enjoyed browsing your weblog posts.

    In any case I will be subscribing to your feed and I am hoping you write again very soon! I saw similar here: Sklep online

  2. Wow, marvelous weblog layout! How lengthy have you ever been running
    a blog for? you made running a blog glance easy. The entire glance of your web
    site is wonderful, let alone the content! You can see similar here e-commerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *