April 16, 2024

थप १२५ जनामा कोरोना पुष्टि

नेपालमा शुक्रबार थप १२५ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाका कारण तीन हजार १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १२३ जना संक्रमित निको हुँदा हालसम्म २ लाख ७१ हजार ७३३ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा एक हजार १ जना आइशोलेशनमा र ५१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ३० हजार ७०८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *