March 29, 2024

थप १४९० जनामा कोरोना पुष्टि

नेपालमा बुधबार थप १४९० जनामा कोरोना पुष्टि भएको छ ।देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १४९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाका अनुसार काठमाडौं उपत्यकामा थप ७२३ संक्रमित भेटिएका छन् जसअनुसार भक्तपुरमा ५८, ललितपुरमा ६१ र काठमाडौंमा ५३१ संक्रमित फेला परेका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको सख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ९ जनाको ज्यान गएको छ भने हालसम्म १५३८ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप १५६७ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख १८ हजार १६१ निको भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छन् । ६०५ जना क्वारेन्टाइनमा छन् । हालसम्म १७ लाख ५४ हजार ६३० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *