April 20, 2024

थप ४ हजार ७ सय ६२ जनामा कोरोना पुष्टि

Corona Virus: Consequences for Creative Europe programme and related  activities | Europe créative

नेपालमा सोमबार थप ४ हजार ७ सय ६२ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको १५ हजार ५५ वटा पिसिआर परिक्षणका क्रममा ४ हजार १ सय ७८ र दुई हजार चार सय २५ एन्टीजेन परिक्षणका क्रममा ५८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या ५ लाख ६१ हजार तीन सय दुई पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा सात हजार तीन सय ८६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ६ हजार चार सय ९१ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म चार लाख ४७ हजार ४४६ जना संक्रमित निको भएका छन् । हाल १ लाख ६ हजार चार सय ७० सक्रिय संक्रमित आइशोलेशन र ६८९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३० लाख ५७ हजार चार सय २४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *