March 29, 2024

थप ८ हजार तीन सय ५ जनामा कोरोना पुष्टि

नेपालमा बिहीबार थप ८ हजार तीन सय ५ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको २१ हजार ६ सय ९५ पिसिआर परिक्षणका क्रममा ८ हजार दुई सय २७ र ३९२ वटा एन्टीजेन परिक्षणका क्रममा थप ७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १९० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ५ हजार ८ सय ४७ जनाको कोरोनाका कारण भएको छ ।

त्यस्तै थप ६ हजार पाँच सय ४३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ६६ हजार ९४६ जनाले नेपालमा कोरोना जितेका छन् । हाल १ लाख १५ हजार ८ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा र ९३२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २८ लाख ५५ हजार ७९३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *