April 20, 2024

थ्री स्टारले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । शुक्रबार भएको खेलमा थ्री स्टारले फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर थ्री स्टारले फ्रेन्ड्ससँग अंक खोसेको हो । थ्री स्टारका लागि मिक्छेन तामाङले गोल गरे । फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले एक गोल गरे । लगत्तै ५१ औं मिनेटमा फ्रेन्ड्सले सुरुआती अग्रता बनायो । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेन्ड्सका ग्रासियाले हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए ।

तर, खेलको ८३ औं मिनेटमा मिक्छेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए । खेलमा फ्रेन्ड्सका ग्रासिया म्यान अफ दि म्याच चुनिए । यस बराबरीसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *