March 29, 2024

निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दावी: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दावी गर्नुभएको छ । शनिबार विराटनगरमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै देउवाले समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएकाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दावी गर्नुभएको हो । देउवाले रुख, कलम र गोलाकार भित्रको हँसिया हथांैडा चिह्नमा भोट हाल्न आफु तयार रहेको भन्दै कार्यकर्तामा अन्योलता आउन नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *