April 19, 2024

नेपालमा शनिबार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा शनिबार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ७ पिसिआर परिक्षणका क्रममा ३ सय ४२ जना र १५ हजार ९ सय ५२ एन्टीजेन परिक्षणका क्रममा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २५ हजार १५ पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा कोरोना कारण ११ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ५२ संक्रमित निको हुँदा हालसम्म ८ लाख १२ हजार २ सय १० जना निको भएका छन् ।

हाल नेपालमा ४ हजार ९ सय ६९ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *