April 18, 2024

पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । प्रहरीले पाडेलाई शनिवार काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो । शनिवार र आइतवार सार्वजनिक विदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमवार अदालतमा उपस्थित गराएको हो ।

२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *