March 29, 2024

बिद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बिद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुने । उनीहरुले मूल्य वृद्धि खारेज गर, बढ्दो महङ्गी नियन्त्रण गर लगाएका नारा लगाएका छन् । त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थ घटाएर बिद्युतिय सामाग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने जनाएका छन् ।

पछिल्लो पटक वृद्धि भएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५५ र डिजेल तथा मट्टिटेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । निगमले भने वृद्धि गर्दा पनि घाटा नै रहेको बताउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *