April 19, 2024

भलिबल च्याम्पियनसिप असोजमा आयोजना

This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif
Brazil, two decades of dominating volleyball
This image has an empty alt attribute; its file name is vediography2-3.gif

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको छ । राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगिताको प्रथम हुने टिमले ४ लाख, दोस्रो हुने टिमले २ लाख र तेस्रो हुने टिमले १ लाख पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट पुुरुष÷महिला खेलाडीले जनही २५÷२५ हजार पुरस्कार प्राप्त गर्नेछन् । दुबै विधाका उत्कृष्ट सर्भर, लिबेरो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १०÷१० हजारका दरले पुरस्कार पाउने उहाले बताउनुभयो ।

क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान चन्दले बताउनुभयो । प्रतियोगीताको पुरुषमा टिप टप हेल्प नेपाल, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स, मणिमुकुन्द क्लब, बागमती प्रदेश, मिलन क्लब, नयाँबजार सामाजिक क्लब र कर्णाली प्रदेशको सहभागिता रहेको छ । महिलातर्फ न्यु डाईमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लबको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *