April 19, 2024

रानीपोखरी कर्नर टिम आरसीटीले सहज जित

Ranipokhari Corner Team vs Naya Basti Yuwa Club - B Division League 2075

राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसीटीले सहज जित निकालेको छ । बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित आरसीटीले नयाँबस्ती युवा क्लबलाई ४–२ गोल अन्तरले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको छैटौं मिनेटमा अजित गुरुङले पेनाल्टीमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए । खेलको १९ औं मिनेटमा गणेश हमालले गोल गर्दै नयाँबस्तीलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ५० औं मिनेटमा सचु गुरुङले गोल गर्दै नयाँबस्तीलाई २–१ को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६६ औं मिनेटमा सुरेन खवासले गोल गर्दै आरसीटीलाई २–२ को बराबरीमा ल्याए । ६८ औं मिनेटमा आशिष चापागाईले रातो कार्ड पाएपछि आरसीटी १० खेलाडीमा समेटियो । खेलको ८३ औं मिनेटमा विश्व थापाले गोल गर्दै आरसीटीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा अजितले व्यक्तिगत दोस्रो गोल गर्दै आरसीटीलाई ४–२ को जित दिलाए । जितसँगै आरसीटीले ७ खेलमा ९ अंक जोडेको छ । नयाँबस्तीले ७ खेलमा ११ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *