March 29, 2024

राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय

सरकारले राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्को पुष ८ गतेका बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै मन्त्रीपरिषद्ले औधोगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, बिधायन व्यवव्स्थापन समिति बिधेयक पेश गर्न सैद्धान्तीक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यस्तै हुलाक बस्तुको महशुल दररेट पुनरावलोकन गर्ने र बैदेशिक द्रूत डाँकसेवा (इएमएस) दस्तुर पुनरावलोकन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । त्यस्तै बैठकले क्रिसमस डेको अवसरमा पुष १० गते सार्वजनिक विदा दिने, संगठन तथा व्यवस्थापन सर्भेक्षणका लागि पूर्व स्वीकृति दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *